हेर्नुहोस आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

Posted on: 31 May, 2022
जेठ १७, काठमाडौँ | आज एक अमेरिकी डलरको बिक्रीदर १२४.३७ रुपैयाँ र खरिददर १२३.७७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै अमेरिकी डलरको सटहीदर कायम गरेको हो । यसैगरी, आज एक यूरोको बिक्रीदर १३३.३७ रुपैयाँ र खरिददर १३३.३० रुपैयाँ छ ।

१५७.२८ रुपैयाँ बिक्रीदर रहेको पाउण्ड स्र्टलिङको खरिददर १५६.५२ रुपैयाँ छ भने अष्ट्रेलियन डलरको बिक्रीदर ८९.२९ रुपैयाँ र खरिददर ८८.८५ रुपैयाँ छ । यसका साथै, ९१ रुपैयाँ बिक्रीदर रहेको सिंगापुर डलरको खरिददर ९०.५६ रुपैयाँ छ । यसका साथै, १० जापानी येनको बिक्रीदर ९.७६ रुपैयाँ र खरिददर ९.७२ रुपैयाँ छ ।
यस्तै, चिनियाँ युवानको बिक्रीदर १८.६७ रुपैयाँ र खरिददर १८.५८ रुपैयाँ छ भने साउदी रियालको बिक्रीदर ३३.१६ रुपैयाँ हुँदा खरिददर ३३ रुपैयाँ छ । यस्तै, कतारी रियालको बिक्रीदर ३३.९८ रुपैयाँ र खरिददर ३३.८२ रुपैयाँ छ । यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) दिरामको बिक्रीदर ३३.८६ रुपैयाँ र खरिददर ३३.७० रुपैयाँ छ । यस्तै, मलेसियन रिंगिटको बिक्रीदर २८.४८ रुपैयाँ र खरिददर २८.३५ रुपैयाँ हुँदा १०० कोरियन वनको बिक्रीदर १०.०६ रुपैयाँ १०.०१ रुपैयाँ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!