बजेटले देशको आर्थिक संकट समाधान गर्छ : अर्थमन्त्री

Posted on: 01 Jun, 2022

जेठ १८, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक संकट समाधान गर्नेगरी बजेट ल्याएको दाबी गरेका छन् । 

राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले देशमा आर्थिक संकट समाधान गर्नेगरी बजेट ल्याएको दाबी गरेका हुन् । 


‘मैले सुनिरहेको छु, देश संकटमा छ, देश ठूलो संकटमा छ । यो संकटलाई (बजेट)ले समाधान गर्दैन भन्ने प्रश्न उठिरहेको छ,’ उनले भने, ‘यदी संकटमा छ भने पनि यसको समाधान यही हो । यदी छैन भने पनि यसको समाधान यही हो । योभन्दा अर्काे समाधान छैन ।’ 

देशको आर्थिक अवस्थालाई विचार गरेर नै बजेट ल्याइएको दाबी गरेका उनले नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर सबैको सुझावलाई समेटेर बजेट ल्याएको बताए । 

जनताको माग र सुझावकै आधारमा बजेट निर्माण गरिएको भन्दै अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनका लागि संघीय संसदका सदस्य भूमिका रहने व्यवस्था गरिएको बताए । यसको नेतृत्व सरकारले नै गर्ने उनको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!