हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on: 02 Jun, 2022

जेठ १९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १२४.३४ रुपैयाँ र खरिददर १२३.७४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको सटहीदर तोकेको हो ।

यसैगरी, आज १३३.३७ रुपैयाँ बिक्रीदर रहेको एक यूरोको खरिददर १३२.७२ रुपैयाँ छ । यस्तै, १५६.६७ रुपैयाँ बिक्रीदर रहेको पाउण्ड स्र्टलिङको खरिददर १५५.९१ रुपैयाँ छ भने ८९.४४ रुपैयाँ बिक्रीदर रहेको अष्ट्रेलियन डलरको खरिददर ८९.०१ रुपैयाँ छ ।

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति पुग्यो ? - नेपाल आवाज

९०.६४ रुपैयाँ बिक्रीदर तोकिएको सिंगापुर डलरको खरिददर ९०.२१ रुपैयाँ र १० जापानी येनको बिक्रीदर ९.६२ रुपैयाँ हुँदा खरिददर ९.५७ रुपैयाँ छ । यस्तै, चिनियाँ युवानको बिक्रीदर १८.६० रुपैयाँ र खरिददर १८.५१ रुपैयाँ छ ।

यता साउदी रियालको बिक्रीदर ३३.१५ रुपैयाँ र खरिददर ३२.९९ रुपैयाँ छ भने कतारी रियालको बिक्रीदर ३४.०४ रुपैयाँ हुँदा खरिददर ३३.८८ रुपैयाँ छ । यसका साथै, संयुक्त अरब इमिरेट्स (यूएई) को दिरामको बिक्रीदर ३३.८५ रुपैयाँ र खरिददर ३३.६९ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्रीदर २८.३७ रुपेयाँ र खरिददर २८.२३ रुपैयाँ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!