पेट्रोलिय पदार्थको मूल्य घट्यो

Posted on: 02 Jun, 2022

जेठ १९, काठमाडौं | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको हो । 

निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

सरकारले बजेटमार्फत् कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!