हेर्नुहोस आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

Posted on: 03 Jun, 2022

जेठ २०, काठमाडौं | नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १२३ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १२४ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ११ पैसा रहेको छ । युके पाउन्ड स्टर्लिङ डलर एकको खरिददर १५५ रुपैयाँ ५१ पैसा र विक्रीदर १५६ रुपैयाँ २६ पैसा रहेकोे छ । 

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४१ पैसा रहेको छ ।  यस्तै जापानी यन १० बराबर नेपाली ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यता साउदी अरेवियन रियाल आज एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १९ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!