यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on: 05 Jun, 2022

जेठ २२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ  १५ पैसा रहेको छ । 

अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ९० पैसा र बिक्री दर १२४ रुपैयाँ ५० पैसा रहेको छ। यस्तै युरोपियन युरो एकको खरिद दर १३३ रुपैयाँ ११ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ।

युके पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ७९ पैसा र बिक्री दर १५६ रुपैयाँ ५४ पैसा रहेको छ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०९ पैसा रहेको छ ।  यस्तै जापानी यन १० बराबर नेपाली ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यता साउदी अरेवियन रियाल आज एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १९ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!