आज ओरालो लाग्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

Posted on: 07 Jun, 2022

जेठ २४, काठमाडौँ | मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।

हिजो अर्थात सोमबार प्रतितोला ९८ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ९७ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।


तेजावी सुनको मूल्य आज ९७  हजार रुपैंया कायम भएको छ । यस्तै,चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैंयाले घटेर १ हजार २७५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैंया रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!