विदेशी मुद्राको विनिमयदर : कुन देशको मुद्राको आज कति छ भाउ ?

Posted on: 08 Jun, 2022

जेठ २५, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १२४.६४ रुपैयाँ र खरिददर १२४.०४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको हो । यसैगरी, आज एक यूरोको बिक्रीदर १३३.१२ रुपैयाँ र खरिददर १३२.४८ रुपैयाँ छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर - Everest Dainik - News from Nepal

यसका साथै, आज एक पाउण्डको बिक्रीदर १५५.९९ रुपैयाँ र खरिददर १५५.२४ रुपैयाँ छ भने अष्ट्रेलियन डलरको बिक्रीदर ८९.५५ रुपैयाँ र खरिददर ८९.१२ रुपैयाँ छ । यस्तै, सिंगापुर डलरको बिक्रीदर ९०.६१ रुपैयाँ र खरिददर ९०.१७ रुपैयाँ छ । यसैगरी, १० जापानी येनको बिक्रीदर ९.३९ रुपैयाँ र खरिददर ९.३५ रुपैयाँ छ ।

१८.६९ रुपैयाँ बिक्रीदर रहेको चिनियाँ युवानको खरिददर १८.६० रुपैयाँ छ भने ३३.२३ रुपैयाँमा बिक्री भइरहेको साउदी रियालको खरिददर ३३.०७ रुपैयाँ छ । यस्तै, ३४.१५ रुपैयाँमा बिक्री भइरहेको कतारी रियालको खरिददर ३३.९८ रुपैयाँ छ । यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई)को दिराम बिक्रीदर ३३.९३ रुपैयाँ र खरिददर ३३.७७ रुपैयाँ छ ।

मलेसियन रिंगटको बिक्रीदर २८.३६ रुपैयाँ र खरिददर २८.२२ रुपैयाँ छ भने १०० कोरियन वनको बिक्रीदर ९.९२ रुपैयाँ र खरिददर ९.८७ रुपैयाँ छ । यसका साथै, हङकङ डलरको बिक्रीदर १५.८९ रुपैयाँ र खरिददर १५.८१ रुपैयाँ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!