तरकारीको आजको भाउ थाहा पाउनुहोस्

Posted on: 11 Jun, 2022

जेठ २८, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शनिबार भारतीय ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ, टनेल गोलभेडा ४५ रुपैयाँ, मुडेको आलु ३६ रुपैयाँ ५० पैसा, लोकल गाजर ८५ रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ र ज्यापु काउली ६५ रुपैयाँ रहेको छ । 

यसैगरी तने बोडी ४४ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, भटमास १०५ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, तितो करेला २७ रुपैयाँ ५० पैसा, घिरौला ३५ रुपैयाँ, भिण्डी २५ रुपैयाँ, रायोको साग ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २६५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, कुरीलो २०० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ, पुदीना १७५ रुपैयाँ, अभाकाडो ४७५ रुपैयाँ, मलदह आँप ९० रुपैयाँ, दसहरी आँप ९० रुपैयाँ र रख कटहर ३६ रुपैयाँ ६७ पैसा रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!