प्रतिकिलो १० रुपैयाँले बढ्यो चिनीको मूल्य !

Posted on: 12 Jun, 2022

जेठ २९, काठमाडौँ | नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार आजदेखि चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँसम्म पुगेको हो । संघका महासचिव अमुलकाजी तुलाधरले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको जानकारी दिए । उनले भने, ‘यसअघि खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ थियो । अहिले बढेर १०५ रुपैयाँ पुग्यो ।’


उनले भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाल प्रभावित बनेको बताए । ‘नेपालको उत्पादनले आन्तरिक माग धान्दैन । माग धान्न भारतबाट ल्याउनुपर्छ,’ तुलाधरले भने, ‘भारतले निर्यात रोकेपछि थोक व्यापारीले चिनी लुकाएका छन् ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!