यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति?

Posted on: 13 Jun, 2022

जेठ ३०, काठमाडौं | नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको सटहीदर स्थिर रहेको छ । राष्ट्र बैंकले आजको सटहीदर तोक्दै डलरको खरिद÷बिक्री मूल्य स्थिर रहेको जनाएको हो । जसअनुसार, आज डलरको बिक्री मूल्य प्रतितोला १२४.८४ रुपैयाँ र खरिद मूल्य १२४.२४ रुपैयाँ छ ।

यसैगरी, एक यूरोको बिक्रीदर १३१.२९ रुपैयाँ र खरिददर १३०.२४ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्रीदर १५३.७५ रुपैयाँ र खरिददर १५३.०१ रुपैयाँ छ । यसैगरी, अष्ट्रेलियन डलरको बिक्रीदर ८८.०४ रुपैयाँ र खरिददर ८७.६१ रुपैयाँ छ । 

यता सिंगापुर डलरको बिक्रीदर ८९.९४ रुपैयाँ हुँदा खरिददर ८९.५० रुपैयाँ छ भने १० जापानी येनको बिक्रीदर ९.२९ रुपैयाँ र खरिददर ९.२४ रुपैयाँ छ । यसैगरी, १८.६१ रुपैयाँमा बिक्री भइरहेको चिनियाँ युवानको खरिददर १८.५२ रुपैयाँ छ ।

यस्तै, ३३.२८ रुपैयाँमा बिक्री भइरहेको साउदी रियालको खरिददर ३३.१२ रुपैयाँ तोकिएको छ भने कतारी रियालको बिक्रीदर ३४.०८ रुपैयाँ हुँदा ३३.९२ रुपैयाँ खरिददर कायम छ । यसका साथै, संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्रीदर ३३.९९ रुपैयाँ र खरिददर ३३.८२ रुपैयाँ छ ।

२८.३६ रुपैयाँमा बिक्री भइरहेको मलेसियन रिंगटको खरिददर २८.२२ रुपैयाँ छ भने १०० दक्षिण कोरियाली वनको बिक्रीदर ९.७६ रुपैयाँ र खरिददर ९.७१ रुपैयाँ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!