सुनको मूल्य १ हजार ८०० रुपैयाँले घट्यो,कतिमा हुदै कारोबार?

Posted on: 14 Jun, 2022

जेठ ३१, काठमाडौँ | सुनको मूल्य मंगलबार तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८०० रुपयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरिएको छ । 

त्यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!