हरेक दिन रेकर्ड तोड्दै अमेरिकी डलरको भाउ, कति पुग्यो ?

Posted on: 14 Jun, 2022

जेठ ३१, काठमाडौं | अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ ।


नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ । यो दर सोमबार १२४.२४ रुपैयाँ थियो । एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो । युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ । युरो १३० रुपैयाँ ९५ पैसा रहेको छ । 

अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २१ पैसा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!