स्वाभिमान लघुवित्तले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

Posted on: 14 Jun, 2022

जेठ ३१, काठमाडौं | स्वाभिमान लघुवित्तले करिब एक लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । लघुवित्तले सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनी दिने जनाएको छ ।

राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार संस्थापक समूहतर्फको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने हुन्छ ।

इच्छुक संस्थापक सेयरधनीहरुलाई लघुवित्तले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज प्रमाणसहित किन्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाइ लिखित निवेदन पेस गर्न अनुरोध गरेको छ ।

तोकिएको अवधिमा पर्याप्त आवेदन नपरे इच्छुक गैरसंस्थापक लगानीकर्तालाई सो संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!