आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on: 15 Jun, 2022

असार १, काठमाडौँ | नेपाली बजरामा बुधबार सुनको मूल्य घटेको छ । साताको चौथो दिन बुधबार बजारमा सुनको मूल्य ६०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९६ हजार ५०० रुपैयाँमा कायम भएको छ । 

तेजावी सुन प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोलामा १ हजार २४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । यो मंगलबार कायम भएको मूल्य हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!