नेपाल ब्राण्डका खानेतेल नेपालभन्दा भारतमा सस्तो

Posted on: 15 Jun, 2022

असार १, काठमाडौँ | नेपाली ब्राण्डको खानेतेल नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तोमा पाइने गरेको पाइएको छ । नेपाली बजारमा आम उपभोक्ताले प्रतिलिटर ३२० रुपैयाँमा खरिद गरिरहेको सन फलावर तेल भारतीय बजारमा २८० देखि २८५ रुपैयाँमा खुद्रा बिक्री भईरहेको छ ।

मंगलबार वीरगञ्जको मुख्य नाका भएर रानीघाटकी नम्रता श्रेष्ठले नेपाली फेमली ब्राण्डको सनफलावर तेल सिमावर्ती भारतीय बजार रक्सौलमा नेपालमा भन्दा सस्तो भएको बताइन् । उनी खाद्यान्न र किचनका सामाग्री सिमावर्ती भारतीय बजार रक्सौलमा किन्ने गरेको बताउन्छिन् ।

सस्तो हुँदा नेपाली तेल भारतबाट किनेर ल्याएर खानुपर्ने बाध्यता रहेको उनको भनाई छ । वीरगञ्जमा ३२० रुपैया पर्छ रक्सौलमा ४५ रुपैयाँ सस्तोमा पाइने गरेको उनले बताइन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघ अन्तर्गतको स्थानीय कर समितिका संयोजक सुरेश रुगंटाले पनि नेपालमा भन्दा भारतमा खानेतेल २० प्रतिशत सस्तो रहेको बताए । भारत सरकारले खाने आयातमा सबै कर छुट गरेको छ , मात्र ५ प्रतिशत जिएसटि लाग्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!