सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

Posted on: 16 Jun, 2022

असार २, काठमाडौं | सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।  बुधबारको तुलनामा बिहीबार तोला ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० कायम गरिएको छ । त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!