साउन १ गतेदेखि ’हिमालयन एभरेष्ट इन्स्योरेन्स’को संयुक्त कारोबार सुरु हुने

Posted on: 12 Jul, 2022

असार २८, काठमाडौं | हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जरपछि  हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा साउन १ गतेबाट संयुक्त कारोबार सुरु हुने भएको छ । बीमा समितिले असार ९ गते बिहीबार यी दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो । 

दुवै कम्पनीको असार २ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेले हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको छ । मर्जरपछि  कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

दुवै कम्पनीबीच वैशाख २२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सोही कारण अहिले दोश्रो बजारमा यी दुवै कम्पनीको कारोबार रोक्का छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!