यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on: 13 Jul, 2022

असार २९, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज मंगलबार पनि विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ६६ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १२७ रुपैयाँ २३ पैसा र बिक्री दर १२७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८५ रुपैयाँ ८८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५२ पैसा र बिक्री दर ९७ रुपैयाँ ९८ पैसा रहेको छ । त्यसैगरी जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ २८ पैसा र बिक्रीमा ९ रुपैयाँ ३२ पैसा रहेको छ । 

त्यस्तै, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ९०पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा छ ।  साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०१ पैसा छ भने  कतारी रियाल १ को  खरिदमूल्य ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८० पैसा तोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!