तरकारी र फलफूलको आजको मूल्य

Posted on: 17 Jul, 2022

साउन १, काठमाडौँ | कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।

बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा ५५ देखि ६५ रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ५३ रुपैयाँदेखि  ५५ रुपैयाँसम्म कायम गरिएको छ ।

रातो आलु (भारतीय)को मूल्य ३६ देखि ३८ रुपैयाँ छ । यस्तै सुकेको प्याज (भारतीय) ३८ देखि ४० रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।  

कागती प्रति किलो २५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म कारोबार भइरहेको छ । कुरिलो प्रतिकिलो २५०  रुपैयाँदेखि ३०० रुपैयाँसम्म कारोबार भइरहेको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!