यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on: 17 Jul, 2022

असार २८, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज  पनि विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १२८ रुपैयाँ १९ पैसा र बिक्री दर १२८ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर  ८६ रुपैयाँ १५ पैसा र बिक्रीमा ८६ रुपैयाँ ५५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५२ पैसा र बिक्री दर ९७ रुपैयाँ ९८ पैसा रहेको छ । त्यसैगरी जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ १९ पैसा र बिक्रीमा ९ रुपैयाँ २३ पैसा रहेको छ । 

त्यस्तै, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९७ पैसा छ ।  साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३४ रुपैयाँ १२ पैसा छ भने  कतारी रियाल १ को  खरिदमूल्य ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८७ पैसा तोकिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!