सुनको चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै कारोबार ?

Posted on: 18 Jul, 2022

साउन २, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ छ । आइतबार छापावाल सुनको मूल्य ९३ हजार ६ सय र तेजावी सुनको मूल्य ९३ हजार एक सय रुपैयाँ थियो । 

यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार १६५ रुपैयाँ तोकिएको छ । आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार १६० रुपैयाँ थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!