आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 18 Jul, 2022

साउन २, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज सोमबार पनि विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २५ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर  ८६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ०४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८४ पैसा र बिक्री दर ९८ रुपैयाँ ३० पैसा रहेको छ । त्यसैगरी जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ २० पैसा र बिक्रीमा ९ रुपैयाँ २५ पैसा रहेको छ । 

त्यस्तै, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ८७ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा छ ।  साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३४ रुपैयाँ १२ पैसा छ भने  कतारी रियाल १ को  खरिदमूल्य ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा तोकिएको छ । 

मलेसियन रिङ्गिट १ को  खरिदमूल्य २८ रुपैयाँ ६६ पैसा र बिक्रीदर  २८ रुपैयाँ ८० पैसा तोकिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!