सेयर बजारमा १६.२० अंकको वृद्धि, कारोबार रकम २ अर्ब २९ करोड

Posted on: 19 Jul, 2022

साउन ३, काठमाडौँ | शेयर बजार मापक सूचक नेप्से १६.२० अंकले बढेको छ । मंगलवार शेयर बजार ०.८० अंकले बढेर २ हजार ४५.६३ विन्दुमा पुगेको छ । बजार बढेसँगै कारोवार रकम पनि २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

बजार बढेसँगै इमर्जिङ नेपालको शेयर मूल्य सबैभन्दा बढीले बढेको छ । यो कम्पनीको शेयर मूल्य ८.०१ प्रतिशतले बढेको छ ।

मंगलवार शेयर बढेको दिन ऋणपत्रका विभिन्न कम्पनीको मूल्य भने घटेको छ । मंगलवार शेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको १५ करोड रुपैयाँको भएको छ ।

सबैभन्दा बढी पटक कारोबार पनि शिवम् सिमेन्टकै १३ सय ११ पटक कारोबार भएको छ । मंगलवार २१३ कम्पनीको ५७ लाख १३ हजार कित्ता शेयरको ३७ हजार पटक कारोबार भएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!