यस्तो छ तरकारी र फलफूलको आजको मूल्य

Posted on: 20 Jul, 2022

साउन ४, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । 

बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ५५ रहेको छ । अनार ३७६ रुपैया ६७ पैसा, आँप मालदह प्रतिकेजी १९३ रुपैयाँ ३३ पैसा  र केरा दर्जनको १६३ रुपैया ३३ पैसा तोकिएको छ । 

स्थानीय काउली ११० रुपैयाँ, कागती २२५ रुपैयाँ, कुरिलो ३०० रुपैयाँ र लोकल सानो गोलभेँडा ४६ रुपैयाँ  ४० पैसा प्रति केजी तोकिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!