सुनको चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै कारोबार ?

Posted on: 20 Jul, 2022

साउन ४, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

बधुबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुन ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो

त्यस्तै चाँदीको प्रतितोला मूल्य १ हजार १६५ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी तोलामा १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!