सुनको चाँदीको मूल्य घट्यो, कति छ हेर्नुहोस् !!

Posted on: 21 Jul, 2022

साउन ५, काठमाडौं | आज बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा ११ सय ५५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँ खरिद बिक्री भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!