तोलामा ५ सयले बढ्यो सुनको भाउ

Posted on: 24 Jul, 2022

साउन ८, काठमाडौँ | नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ | 

आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँ कायम भएको छ । शुक्रबार ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार तेजावी सुन प्रतितोला ९४ हजार रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार १५५ रूपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार १६५ रूपैयाँमा कारोबार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!