नेप्से परिसूचक ६१.०५ अंकले बढ्याे, २ अर्ब ७३ करोडमाथिको कारोबार

Posted on: 24 Jul, 2022

साउन ८, काठमाडौँ | मौद्रिक नीति सार्वजनिक भएको पहिलो दिन आइतबार नेप्से परिसूचक ६१.०५ अंकले वृद्धि भएर २०७८.५१ बिन्दुमा पुगेर रोकिएको छ ।

शुक्रबार सांझ राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछी आज पहिलो दिन भएको कारोबारमा परिसूचक बढ्नुको साथै कारोबार रकममा समेत वृद्धि भएको छ ।

आइतबार २ अर्ब ७३ करोड बरावरको कारोवार भएको छ । आइतबार बढेको बजारमा फाइनान्स कम्पनीको सेयर सबैभन्दा बढेको हो ।

सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स कम्पनीको शेयरमा सर्किट लागेको छ । शिवम् सिमेन्ट, पुर्नविमा कम्पनी र हिमालय डिस्टिलरीको शेयर कारोबारको हिसावले सबैभन्दा बढी खरिद विक्रि भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!