नेप्से परिसूचक ५४.४५ अंकले बढ्याे,४ अर्ब १० करोडमाथिको कारोबार

Posted on: 25 Jul, 2022

साउन ९, काठमाडौँ | सोमबार नेप्से परिसूचक ५४.४५ अंकले वृद्धि भएर २१३२.९६ बिन्दुमा पुगेर रोकिएको छ ।

कारोबार रकम समेत आइतबारको तुलनामा उल्लेख्य बढेको छ । सोमबार कुल २१४ कम्पनीको ६४ हजार २३१ वटा कारोबारबाट ९९ लाख ४४ हजार ४८ कित्ता सेयर किनबेच भएको छ । यस दिन ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँको कारोबार भएको छ ।

 सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाएका छन् । सोमबार नारायणी विकास बैंक, मल्टिप्रपोज फाइनान्स, सूर्योदय वामी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, युनाइटेड मोर्दी हाइड्रो, मानुषी लघुवित्त र बलेफी हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लागेको हो । एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!