तोलामा ३ सयले घट्यो सुनको मूल्य

Posted on: 26 Jul, 2022

साउन १०, काठमाडौँ | मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको जानकारी दिएको छ | आज प्रतितोला चाँदीको मूल्य ११ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ११ सय ५५ रुपैयाँ तोकिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!