नेप्से परिसूचक २३.८३ अंकले बढ्याे, ३ अर्ब १६ करोडमाथिको कारोबार

Posted on: 27 Jul, 2022

साउन ११, काठमाडौँ | बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। बुधबार ३ अर्ब १६ करोड रुपैयाँको बराबरको कारोबार भएको छ ।

बुधबार बढेको बजारमा  सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाए । बुधबार कुल २२७ कम्पनीको ५० हजार २९७ वटा कारोबारबाट ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच भएको छ ।

बुधबार जानकी फाइनान्स, यूनाइटेड मोदी हाइड्रो र राष्ट्रउत्थान लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेष्डो लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, यूनिभर्सल पावर, यूनियन हाइड्रोपावरसमेत धेरै बढ्ने कम्पनीमा रहेको छ । बुधबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!