एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला

Posted on: 31 Jul, 2022

साउन १५, काठमाडौं | एनसीसी बैंकले आज आइतबारबाट फेरि २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसअघि बैंकले दुईपटकसम्म लिलामी बिक्री खुला गर्दा नबिकेपछि फेरि लिलामीमा ल्याएको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन साउन २२ गते दिउँसो ३ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!