प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

Posted on: 31 Jul, 2022

साउन १५, काठमाडौं | प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव ७८ अंकले बढेको छ । यससँगै नेप्से सूचक २१४२ दशमलव ३१ विन्दुमा आएको छ । 

आइतबार १२ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको चार हजार १९५ कित्ता सेयर कारोबार भएको छ । कुल ४५ वटा कारोबार भएको छ । 

यस सेसनमा १४ कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!