सी-आस्बा शुल्क घटाउने धितोपत्र बोर्डकाे निर्णय, अब आईपीओ भर्दा बढीमा ५ रूपैयाँ शुल्क लाग्ने

Posted on: 22 Aug, 2022

भदौ ६, काठमाडौं | नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारी गरेको छ । सेबोनको बसेको सञ्चालक समितिको बैठकमा सी–आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको छ ।

सेबोनले सी–आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ ।


अहिले ४ वटा वाणिज्य बैंकहरुले निःशुल्क रुपमा सी–आस्वा सेवा प्रदान गर्दै आएका छन् भने बाँकी १० रुपैयाँदेखि १०० रुपैयाँसम्म सी–आस्वा शुल्क उठाउँदै आएका छन् ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूले सी-आस्बा शुल्कबापत रू. १० देखि १०० सम्म लिने गरेका छन् । चार ओटा बैंकले भने सी-आस्बा शुल्क लिने गरेका छैनन्, जसमा कुमारी, नबिल, राष्ट्रिय वाणिज्य र एनआईसी एसिया बैंक छन् । 

सी-आस्बा शुल्कका कारण लगानीकर्ता मारमा परेकाे गुनासाे आएपछि यस्ताे निर्णय गरिएकाे बोर्डका अध्यक्ष रमेश हमालले बताए । उक्त निर्णय छिट्टै कार्यान्वयन हुने पनि बाेर्डले जनाएकाे छ ।  

सी-आस्बा शुल्कमध्ये १/१ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकले र सीडीएस एण्ड क्लियरिङ लिमिटेडले प्राप्त गर्नेछन् । बाँकी ३ रूपैयाँ भने सी-आस्बा सदस्यले पाउनेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!