सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

Posted on: 23 Aug, 2022

भदौ ७, काठमाडौँ | साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९५ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ३ सयले घटेर ९५ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपियाँले घटेर १ हजार १ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!