बुढानीलकण्ठ स्थित भद्रकाली कृषि सहकारीद्वारा बचतकर्ताको लाखौँ पैसा फिर्ता नगरी ठगि (भिडियो सहित)

Posted on: 26 Aug, 2022

भदौ १०, काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकामा खुलेको भद्रकाली कृषि सहकारी संस्थाले बचतकर्तासँग ठूलो रकम अशुली गरेर बर्षौंदेखि रकम फिर्ता नगरी झुलाउदै ठगि गर्दै आएको पाइएको छ । 

बर्तमान बागमती प्रदेश सांसद दिपक निरौला संस्थापक अध्यक्ष रहेको उक्त सहकारी संस्थाका अध्यक्ष हाल बुढानीलकण्ठ ७ नम्वर वडाका वडाध्यक्ष हुन्। त्यस्तै उक्त सहकारीका सचिव रवि खड्का बुढानीलकण्ठ ६ का वडाध्यक्ष हुन् । राजनीतिक तथा स्थानिय निकायकै उच्च पदमा बसेका व्यक्तिहरुले चलाएको सहकारी संस्थाले लामो समयदेखि बचतकर्ताहरुलाई तिर्नुपर्ने दायित्वको रकम फिर्ता नगरी ठगि गरेपछि पीडितहरुले बुढानीलकण्ठ नगरपालिकाका मेयर तथा उपमेयरहरुलाई समेत आफूहरु ठगिएको जानकारी गराएको तर न्यायिक पहल नभएको गुनाशो गरेका छन् । 

माथिको तश्वीरहरुमा: क्रमश भद्रकाली कृषि सहकारी संस्थाका अध्यक्ष हाल बुढानीलकण्ठ ७ नम्वर वडाका वडाध्यक्ष बस नारायण महर्जन र सोहि सहकारीका सचिव राजीव खड्का हाल बुढानीलकण्ठ ६ का वडाध्यक्ष ।

राजनीतिक तथा स्थानिय निकायकै उच्च पदमा बसेका व्यक्तिहरुले चलाएको सहकारी संस्थाले लामो समयदेखि बचतकर्ताहरुलाई तिर्नुपर्ने दायित्वको रकम फिर्ता नगरी ठगि गरेपछि पीडितहरुले बुढानीलकण्ठ नगरपालिकाका मेयर तथा उपमेयरहरुलाई समेत आफूहरु ठगिएको जानकारी गराएको तर न्यायिक पहल नभएको गुनाशो गरेका छन् । 

पीडितहरुले नगरपालिकालाई आफूहरुले सहकारीबाट रकम फिर्ता नपाएको सम्बन्धमा पटकपटक जानकारी गराएको र निवेदन समेत पेश गरेको तर आफ्नै राजनितीक पार्टीको व्यक्ति मुछिएकोको कारण समस्याको समाधान गर्न चासो नदेखाएको बताएका छन् । सहकारीका संस्थापक अध्यक्ष निरौला बागमती प्रदेश सांसद समेत हुन् भने सहकारीका अध्यक्ष महर्जन र सचिव खड्का नेकपा एमालेका नेताहरु र गत वैशाखमा भएको स्थानिय निकाय निर्वाचनबाट बुढानीलकण्ठ नगरपालिका ६ र ७ मा निर्वाचित जनप्रतिनिधि समेत हुन् । 
पीडितहरुले स्थानिय निकायमा पटक-पटक आफूले सहकारीमा राखेको पैसा फिर्ताको लागि धाउँदा समेत दुई बर्षदेखि कतैबाट न्याय नपाएपछि हेटौडा स्थित सहकारी बिभागमा उजुरी दिन पुगेका छन् ।

पछिल्लो समय राजनितिक आड भरोशामा कृषि सहकारी स्थापना गर्ने, चलाउन नसकेको, बिबिध कारण घाटा लागेको वा बचतकर्ताको पैसा फिर्ता गर्न बिबिध कारण कठिनाई भएको प्रतिवेदन पेश गर्ने र राज्यबाटै त्यसबापतको रकम लिनेसम्मको योजनामा काम हुने गरेको आशंका गरिएको छ । बुढानीलकण्ठ स्थित भद्रकाली कृषि सहकारीले समेत यहि योजनामा काम गरेको हुन सक्ने बुझिएको छ । यस सहकारीले बुढानीलकण्ठ नगरपालिकामा दुध डेरी समेत स्थापना गरेको तर घाटा भएर बेचेको बताउने गरेको पाइएको छ । प्रदेश सांसद समेत संस्थापक अध्यक्ष भएको संस्थामा बचतकर्ताहरु लाखौँ रकममा ठगीमा परेको अवस्थामा यस सम्बन्धमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउंदा समेत सम्बन्धित पक्ष ढुक्कले बसेको पाइएको छ । 

यसै सम्बन्धमा साझा सबाल मिडियाको कार्यालय आफ्नो पीडा पोख्न आएका दुई पीडितहरुको भिडियोलाई रिपोर्टको रुपमा तल हेर्न सक्नुहुनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!