नेपाली बजारमा मंगलबार बढ्यो सुनको भाउ ! कतिमा हुँदै छ कारोबार ?

Posted on: 30 Aug, 2022

भदौ १४, काठमाडौं | नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

अघिल्लो दिन सुन प्रतितोला ९४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तीन सय रूपैयाँ बढेको हो। 

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। मंगलबार चाँदी प्रतितोला ११ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!