यसपाली दशैंको लागि नयाँ नोटको चिन्ता नलिनुस्, कहिलेदेखि पाइन्छ नयाँ नोट ?

Posted on: 30 Aug, 2022

भदौ १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट को व्यवस्था गरेको जनाएको छ । केन्द्रीय बैंकले भदौ २६ गतेदेखि बजार पठाउने गरी उक्त परिणामको नयाँ नोटको व्यवस्था गरेको हो । 

राष्ट्र बैंकले भदौ २६ देखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई सुकिला नोट उपलब्ध गराइने तयारी गरेको छ । यस विषयमा निर्णय भने आईसकेको छैन ।

राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवती नेपालका अनुसार यसपालि सुकिला नोटको प्रयाप्त व्यवस्था गरिएको छ । उनका अनुसार नयाँ नोटको लागि १० अर्ब छुट्याइएको छ, यति पैसाले अपुग भए थप नोटको व्यवस्था गरिने नेपालले बताए ।

यो पटक राष्ट्र बैंकले नयन नोट साट्नेहरुलाई सिमा नतोक्ने बताएको छ । गत बर्ष प्रतिव्यक्ति नोट सटहीको अधिकतम १८ हजार ५०० रुपैयाँ सीमा तोकिएको थियो । राष्ट्र बैंकले रु. ५, रु. १०, रु.२०, रु.५० र रु.१०० गरी पाँच प्रकारका नयन नोटहरु बजार पठाउने तयारी गरेको छ । नयाँ नोट वितरणपछि बैंक तथा वित्तीय संस्थाहरुले आफु अनुकुल सर्वसाधारणलाई वितरण गर्न सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!