यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 31 Aug, 2022

भदौ १५, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बुधबारको विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९७ पैसा रहेको छ।  

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ७१ पैसा र बिक्री दर १४९ रुपैयाँ ४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको छ भने मलेसियाको रिङ्गिटको मूल्य एकको खरिद दर २८ रुपैयाँ ३४ पैसा र बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!