सुनको भाउ घट्ने क्रम जारी, बिहीबार ९०० रुपैयाँ ह्रास

Posted on: 01 Sep, 2022

भदौ १६, काठमाडौँ | बिहीबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, बुधबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर ११ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ३० रुपैयाँ कायम रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!