हेर्नुहोस् आजका लागि विदेशी मुद्राको विनिमयदर

Posted on: 03 Sep, 2022

भदौ १८, काठमाडौँ | नेपाल राष्ट्र बैंकले शनीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   

त्यस्तै, आज डलरको खरिद दर १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ४४ पैसा र बिक्री दर १४८ रुपैयाँ १४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८० पैसा र बिक्री दर ३४ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!