दुई वर्षभित्र सबैको घरमा गुणस्तरीय विधुत जडान हुन्छ : ऊर्जामन्त्री भुसाल

Posted on: 03 Sep, 2022

भदौ १८, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले आगामी २ वर्षभित्र सबैको नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विधुत जडान गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । नेपाल विधुत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले सो प्रतिवद्धता व्यक्त गरेकी हुन् । 

भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विधुत जडान भएको उल्लेख गर्दै २ वर्षभित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताइन् । उनले विद्युत खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गरिन् । मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको मन्त्री भुसालले स्पष्ट पारिन् । विद्युत खपत बढाउन सरकारले अभियाननै सञ्चालन गरिरहेको उनको भनाई थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!