दशैँका लागि नयाँ नोट साट्न सुरु : काठमाण्डौ उपत्यकाबाहिर असोज २ गतेदेखि साटिने

Posted on: 14 Sep, 2022

भदौ २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट साट्न सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजदेखि नयाँ नोट साट्न थालिएको हो ।


आजदेखि काठमाण्डौ उपत्यका भित्र नयाँ नोट सटही सुरु भएको र उपत्यकाबाहिर असोज २ गतेदेखि नयाँ नोट साट्न सकिने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसवर्ष पनि नागरिकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही गर्न सक्नेछन् ।

उनीहरुले ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल गरी १८ हजार ५ सय रुपैयाँ पाउनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!