यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 21 Sep, 2022

असोज ५, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   

यस्तै, आज डलरको खरिद दर १२७ रुपैयाँ ३१ पैसा र बिक्री दर १२७ रुपैयाँ ९१ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ३९ पैसा र बिक्री दर १२७ रुपैयाँ ९९ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ ३८ पैसा र बिक्री दर १४६ रुपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८३ पैसा र बिक्री दर ३४ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!