दशैँ नजिकिदै गर्दा सुनचाँदीको मूल्य घट्यो,यस्तो छ आजको भाउ!

Posted on: 21 Sep, 2022

असोज ५, काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ५०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।


यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!