समिट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

Posted on: 23 Sep, 2022

असोज ७, काठमाडौं | समिट लघुवित्तले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा सेयर मूल्य र संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको  छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!