इतिहासकै कमजोर अवस्थामा नेपाली नोट!

Posted on: 23 Sep, 2022

असोज ७, काठमाडौँ | अमेरिकी डलरसँगको विनियम दरका आधारमा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १२९ रुपैयाँ ६८ पैसा लाग्ने भएको छ ।


अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि परेको हो । नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनियम दर स्थीर (पेग) गरेको छ । सोही कारण भारतीय मुद्रा बलियो हुँदा नेपाली मुद्रासँग अमेरिकी डलरको विनियम दर कम हुन्छ भने भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रासँग अमेरिकी डलरको विनियम दर बढी हुन्छ । नेपालले १०० भारु बराबर १६० नेरु हुने गरी भारतीय मुद्रासँग पेग गरेको छ ।

बिहीबार एक अमेरिकी डलर खरिद गर्न ८०.८५ भारु तिर्नु परेको थियो । सोही कारण नेपालमा पनि अमेरिकी डलरको विनिमय दर बढेको हो । अमेरिकी डलरको भाउ बढेपछि नेपालले डलरमा खरिद गर्ने वस्तु तथा सेवाको लागत बढ्ने छ र मूल्य बृद्धि हुनेछ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!