जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का

Posted on: 30 Sep, 2022

हेमन्त केसी | असोज १४, सुर्खेत । जाजरकोटको पूर्व हुँदै डोल्पामा विद्युतीकरण गर्न तीन वर्ष अगाडिको ठेक्का तोडेर नयाँ ठेक्का स्वीकृत भएको छ । पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट–डोल्पा ३३ केभीको प्रशारण लाइनको नयाँ ठेक्का सुरु गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ ।

जाजरकोट कुदु हुँदै चौखा सम्मा एक खण्ड र कुद हुँदै डोल्पाको त्रिपुराकोट सम्मा अर्को खण्ड गरेर ठेक्का स्वीकृत गरिएको प्रदेश कार्यालयले जानकारी दिएको छ । तीन वर्ष सम्मा ठेक्का लिएर पनि काम नगर्दा यस पुर्वी जाजरकोट र डोल्पामा विद्यतीकरण गर्न मुस्किल हुँदै आएको थियो । नयाँ ठेक्का स्वीकृतसँगै कामले तिव्रता पाउने अपेक्षा लिइएको छ । 

सुनिता एण्ड कविता मा शक्ति जेभी भक्तपुर र सुनिता एण्ड कविता ला निर्माण जेभी भक्तपुरले ठेक्का पारेका छन् ।

यो ठेक्काको काम अघिल्लो ठेकेदारले काम नगर्दा जाजरकोटको नलगाड, बारेकोट विद्युत बाल्न समस्या हुँदै आएको छ । डोल्पामा विद्युतीकरणमा ढिलाइ हुँदै आएको थियो । यहाँ रहेका जगदुल्ला जलविद्युत आयोजना, नलगाड जलविद्युत आयोजना र ताँक्सुगाड जलविद्युत आयोजनामा काम गर्न समस्या हुँदै आएको थियो । जाजकोटबाट प्रशारण लाइन निर्माण नहुँदा रुकुम पश्चिमको बाफिकोट स्थित सव स्टेशनमा सँग जगदुल्ला जलविद्युत आयोजानले पीपीए गरेको थियो ।

पुन: भएको ठेक्काको काम तोकिएको मितिमा भएमा जाजरकोटको पुर्व र डोल्पा जिल्लामा विद्युतीकरण गर्न अब धेरै समय कुनुपर्ने अवस्था नरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!