यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

Posted on: 30 Nov, 2022

मङ्सिर १४, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३० रूपैयाँ ४६ पैसा र बिक्री दर १३१ रूपैयाँ ०६ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ३१ पैसा र बिक्री दर १३५ रूपैयाँ ९४ पैसा रहेको छ।    

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ५१ पैसा र बिक्री दर १५७ रूपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!